



कैलाली। कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ले दीर्घकालीन विकास, समावेशी नीति र जनताको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धतासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
बिष्टले आफू कुनै व्यक्ति वा समुदायमा मात्र सीमित नरहेर देशभित्र होस वा विदेशमा अप्ठ्यारो परिस्थितिमा परेका नेपालीको साथमा सधैं उभिने प्रयास गर्दै आएको स्मरण गराएका छन्।
उनले काेराेना संक्रमणका बेला होस वा दूरदराजका गाउँमा एम्बुलेन्स वितरणदेखि विद्यालयमा सहयोग गर्दै आएका थिए।
तर व्यक्तिगत प्रयास मात्र पर्याप्त नहुने भएकाले समाज परिवर्तको यात्रालाई अझ व्यवस्थित वैधानिक र दिगो बनाउन राज्यको नीतिगत तहमा पुगेर काम गर्नुपर्ने आवश्यकता महसुस गरेकाले आफू निर्वाचनकाे मैदानमा उत्रिएको बताएका छन्।
‘सहयोग र सेवा व्यक्तिगत स्तरमा मात्र सीमित हुँदा त्यसको प्रभाव सीमित हुँदाे रहेछ । त्यसलाई संस्थागत र दिगो बनाउन नीतिगत तहबाट पहल गर्नुपर्छ भन्ने महसुस गरेर नै म चुनावी मैदानमा आएको हुँ,’ बिष्टले भने।
उनले कैलाली क्षेत्र नम्बर ४ का जनताका दीर्घकालीन समस्या समाधान, दिगो र समावेशी विकास तथा हरेक नागरिकको आवाज संसदसम्म पुर्याउन आफू प्रतिबद्ध रहेको बताए। जनताको भरोसा र विश्वासकै आधारमा पार्टीले उम्मेदवारको जिम्मेवारी दिएको उनको भनाइ छ।
बिष्टले फागुन २१ गते हुने निर्वाचनमा परिणाम जे आए पनि जनताको दुःख–सुखमा साथ दिने प्रतिबद्धताबाट आफू पछि नहट्ने पनि बताएका छन्।
आनन्द बिष्ट कैलाली निर्वाचन


