Logo
५ असार २०८३, शुक्रबार

वीर अस्पतालको बीमाको औषधि सेवा कटौती, तीन महिना दिइन्थ्यो, अब एक महिना मात्रै

अक्षरपाटी
२०८२ फागुन १ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं। वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध गराउँदै आएका दीर्घरोगसम्बन्धी औषधि वितरणमा कटाैती गरेको छ।

अस्पताल प्रशासनद्वारा जारी सूचनाअनुसार लामो समयसम्म सेवन गर्नुपर्ने औषधिहरू यसअघि तीन महिनाका लागि उपलब्ध गराइँदै आएकोमा अब एक महिनाका लागि मात्रै दिइने छ।

विशेष कारणवश भन्दै २०८२ फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्र उपलब्ध गराइनेछ सूचनामा जनाइएको छ।

२०८२/१०/२९ गतेको निर्णयअनुसार बीमित सदस्यहरूलाई एक महिनाका लागि मात्र औषधि उपलब्ध गराउने व्यवस्था लागू गरिएको अस्पतालले स्पष्ट पारेको छ।

यस निर्णयबाट सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति अस्पतालले क्षमायाचना गरे पनि कारण भने खुलाएको छैन।

अस्पताल प्रशासनले सम्बन्धित सबै सेवाग्राहीलाई उक्त व्यवस्था अनुसार औषधि लिन अनुरोध गरेको छ।

वीर अस्पताल