Logo
१५ साउन २०८३, शुक्रबार

देशमा भएका कमजोरीको दाेष अरुलाई थोपर्दैनाैँ, नेपाल अब राति पनि जाग्नेछ : विश्वप्रकाश शर्मा

अक्षरपाटी
२०८२ फागुन ५ , मंगलबार ०९:०२ मा प्रकाशित

तनहुँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालले अब राति पनि काम गर्ने बताएका छन्।

दमौलीमा भएको सभामा सम्बोधन गर्दै शर्माले अबको १०/१५ वर्षमा मुलुकलाई समुन्नत बनाउन राति पनि काम गर्ने बताएका हुन्।

उनले भने, ‘विगतमा जेजस्तो कमजोरी देशमा भए त्यसको दोष हामी अरुलाई थोपरेर उम्किन चाहन्नौँ। जे जति राम्रा काम भए त्यसको श्रेयको ठूलो भाग दाबी पनि हामी नै गर्छौं।

अनि ‘अब राति पनि काम गर्नेछ नेपाल’ को उद्घोष हामी नै गर्छौं। अबको दशक /डेढ दशकमा मुलुक समुन्नत बनाउने संकल्प र सपनालाई हामी पूरा गर्नेछौँ।’

उनले पूँजीगत बजेट बितेको ६ महिनामा १६ प्रतिशत भन्दा कम हुनु दु:खद अध्याय भएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न कांग्रेसले आवश्यक कानूनी व्यवस्था, संरचनागत सुधार र तीन सिफ्टमा काम गर्ने पद्धति र संस्कृतिको विकास गर्ने पनि बताए।

उपसभापति शर्माले भने, ‘धनी देश बेलायतले राति पनि पुल र बाटो बनाउने काम गर्छ,गरिब देश नेपाल सूर्य अस्त नेपाल मस्त किन ? २४ घण्टामा ३ वटा ८ घण्टा हुन्छन्, अब हामीले भौतिक पूर्वाधार निर्माणको काम तीनओटै ८ घण्टाको उपयोग गरेर अघि बढाउनुपर्छ।’

निर्वाचन नेपाली कांग्रेस विश्वप्रकाश शर्मा