Logo
१६ कात्तिक २०८३, सोमबार

सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्न कारबाही तीव्र, पाँच सय व्यक्ति पक्राउ

अक्षरपाटी
२०८३ कात्तिक १६ , सोमबार ०६:११ मा प्रकाशित

काठमाडौँ। सीमा क्षेत्रमा निगरानी र सुरक्षा व्यवस्था कडा बनाउने सरकारको नीतिअनुरुप सशस्त्र प्रहरी बल, नेपालले अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधिविरुद्ध कारबाही तीव्र पारेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकार बनेदेखि हालसम्म ७ महिनामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ।

यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद भएका छन् भने आठ जना पक्राउ परेका छन्।

लागूऔषध कारोबारमा संलग्न ४२१ जना पक्राउ परेका छन्। उनीहरूबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका छन् भने यसमा संलग्न ९१ जना पक्राउ परेका छन्।

सीमा अतिक्रमण नियन्त्रणतर्फ दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। १७ स्थानको ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। यसैगरी, २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइ गरिएको छ।

सीमावासीसँगको सम्बन्ध र जनचेतना अभिवृद्धिका लागि यस अवधिमा २ हजार ८०६ कार्यक्रम सञ्चालन गरिएको छ।

साथै, १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ र १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।

सीमा सुरक्षा