Logo
११ कात्तिक २०८३, बुधबार

पर्यटक भिसामा आएका १० विदेशी नागरिक धार्मिक गतिविधिसँग जोडिएको स्वास्थ्य शिविरमा संलग्न, कागजात जफत

अक्षरपाटी
२०८३ कात्तिक ११ , बुधबार ०५:१० मा प्रकाशित

कानेपोखरीमा ‘मर्सी डेभलपमेन्ट’को स्वास्थ्य शिविरमाथि प्रश्न, धार्मिक गतिविधिसँग जोडिएको स्थानमा विदेशीको सहभागिता

मोरङ । पर्यटक भिसामा नेपाल आएका १० जना विदेशी नागरिक आवश्यक अनुमति नलिई स्वास्थ्य शिविरमा संलग्न भएको पाइएपछि उनीहरूको कागजात आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।

क्रिश्चियन धार्मिक गतिविधि र प्रचारमा संलग्न मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरमा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक सहभागी भएको पाइएको हो। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयपछि उनीहरूको कागजात अध्यागमन विभाग पठाइएको जनाइएको छ।

कात्तिक ८ गतेदेखि चार दिन सञ्चालन गर्ने गरी सुरु गरिएको उक्त शिविरमा विदेशी चिकित्सकसहित १० जना सहभागी थिए। उनीहरू सबै पर्यटक भिसामा नेपाल प्रवेश गरेको अवस्थामा स्वास्थ्यसम्बन्धी गतिविधिमा संलग्न भएको पाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ। शिविरका लागि आवश्यक अनुमति लिइएको थियो वा थिएन भन्ने विषयसमेत अनुसन्धानको दायरामा परेको छ।

धार्मिक गतिविधि भइरहेको स्थानमा शिविर

स्वास्थ्य शिविर सञ्चालन गरिएको स्थानको पृष्ठभूमि पनि विवादित रहेकाे पाइएको छ। स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गर्ने भनिएको जग्गामा यसअघि क्रिश्चियन धार्मिक गतिविधि सञ्चालन हुँदै आएको बताइएको छ।

कानेपोखरी–७ बरगाछीका स्थानीय व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माण गर्ने उद्देश्यले करिब तीन कट्ठा जग्गामा छवटा साना–ठूला भवन निर्माण गरेको बताइएको छ। तर, ती भवन पछिल्लो समय धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग हुँदै आएको स्थानीयको भनाइ छ।

उक्त स्थानमा धार्मिक गतिविधि सञ्चालन भइरहेको विषयमा विवाद भएपछि स्थानीयलाई लक्षित गर्दै स्वास्थ्य शिविर आयोजना गरिएको दाबीसमेत गरिएको छ। हाल त्यहाँ दुई जना पास्टर तथा केही सिलाइ–कटाइ प्रशिक्षक बस्दै आएको पाइएको बताइन्छ। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेको गृहमन्त्रीको सचिवायद्वारा प्रेस नोटमा उल्लेख छ।

तीन देशका नागरिक सहभागी

स्वास्थ्य शिविरमा सहभागी १० विदेशी नागरिकमध्ये तीन जना ब्राजिल, दुई जना क्यानडा र पाँच जना अमेरिकाका नागरिक रहेको विवरणबाट खुलेको छ। उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको र उनीहरूको भिसा अवधि नोभेम्बर ६ देखि २१ सम्म रहेको बताइएको छ।

पर्यटक भिसामा नेपाल प्रवेश गरेका उनीहरू स्वास्थ्य शिविरमा कुन भूमिकामा संलग्न थिए, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक अनुमति लिइएको थियो वा थिएन तथा शिविर सञ्चालनमा सम्बन्धित संस्थाको भूमिका के थियो भन्ने विषयमा सम्बन्धित निकायले विवरण संकलन गरिरहेको छ।

पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिक स्वास्थ्य सेवासँग सम्बन्धित गतिविधिमा संलग्न भएपछि उनीहरूको भिसाको उद्देश्य र गतिविधिबीचको सम्बन्धमाथि प्रश्न उठेको छ। नेपालमा स्वास्थ्य सेवा, संस्थागत कार्यक्रम वा अन्य गैर–पर्यटकीय गतिविधिमा विदेशी नागरिकको सहभागिताका लागि सम्बन्धित कानुनी प्रक्रिया र आवश्यक अनुमति पूरा गर्नुपर्ने हुन्छ।

छानविनमा परेका विदेशी नागरिकहरु

  1. MACIEL SANANA, BRENO, Passport No: FZ105414, Country: Brazil,
  2. FRANK, FERNANDO AUGUSTO, Passport No: FT 280109, Country: Brazil,
  3. VAZ BARBOSA, SAO PAULO, Passport No: G1998005, Country: Brazil,
  4. LUIGI, MENEGUSSO VALENZI, Passport No: AN224289, Country: Canada,
  5. EVELIN, MENEGUSSO FERNANDES, Passport No: P102426H0, Country: Canada,
  6. PAULO ROBERTO, BECHARA, Passport No: A 81840247, Country: USA,
  7. SELMA AUGUSTA, WEL BECHARA, Passport No: 658527592, Country: USA,
  8. RALPH WARNER, CLARK, Passport No: 675266434, Country: USA,
  9. KAREN CRISTINA, JARA, Passport No: 661422692, Country: USA,
  10. Victoria Cristina, Jara-CLARK, Passport No: A23210248, Country: USA,

ट्रेन्डिङ ( साप्ताहिक )