

तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा राजा वीरेन्द्र शाहको सालिकमाथि गरिएको अपमान राजनीतिक अमर्यादा भएको बताएकी छन्।
उनले त्यो रास्वपाको प्रतीकात्मक दुर्व्यवहार भएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।
ओलीका अनुसार कार्यकर्ताहरूले सालिकमाथि चढेर गरेको व्यवहारले राजनीतिक चेतना, सँस्कार, सांस्कृतिक मर्यादा र उनीहरुको वाैद्धिकताकै कमजोरीलाई उजागर गरेको बताएकी छन्।
ऐतिहासिक व्यक्तित्व र सार्वजनिक स्मारकप्रति देखाइएको असम्मानले संगठनात्मक अपरिपक्वता झल्काएको उनको भनाइ छ।
खुश्बु ओली



