Logo
१९ कात्तिक २०८३, बिहीबार

रास्वपा सभापति लामिछानेलाई भेटे भारतीय विदेश सचिव मिस्रीले

अक्षरपाटी
२०८३ कात्तिक १९ , बिहीबार ०९:११ मा प्रकाशित

काठमाडौं १९ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्।

नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतीय विदेश सचिव सभापति लामिछानेसँग शिष्टाचार भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेका थिए।

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएकाे औपचारिक भारत भ्रमणको चर्चा गर्दै आगामी दिनमा दुई मुलुक बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना व्यक्त गरे।

साथै, उनले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको पनि उल्लेख गरे।

भेटवार्तामा सभापति लामिछाने र विदेश सचिव मिस्रीबीच नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको थियो।

उनीहरूले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि छलफल गरेका थिए। भारतीय विदेश सचिव मिश्रीले यसअघि प्रधानमन्त्री बालेन शाहदेखि विभिन्न मन्त्रीहरूसँग भेटवार्ता गरेका थिए।

भारतीय विदेश सचिव बिक्रम मिस्त्री रास्वपा सभापति रवि लामिछाने