Logo
१४ असार २०८३, आईतबार

मनुको चुनावी गीत सार्वजनिक

अक्षरपाटी
२०८२ फागुन १० , आईतबार ०५:०२ मा प्रकाशित

धनगढी। कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नर नारायण शाह ‘मनु’ को चुनावी गीत सार्वजनिक गरिएको छ।

‘युवाको आशा’ बोलको गीत सार्वजनिक भएसँगै चुनावी अभियानलाई थप गतिशील बनाउने उनले बताए।

गायक गीतकार तथा संगीतकार कमल रेग्मीको रचना तथा संगीतमा तयार भएको गीतमा स्वयम् रेग्मी र राजु चौधरीलगायतका गायक गायिकाको स्वर छ।

नेपाली र थारु भाषामा मिश्रित रुपमा आधुनिक शैलीमा तयार गरिएको गीतमा युवा पुस्ताको भावना, परिवर्तनको चाहना र विकासप्रतिको आकांक्षा समेटिएको छ।

उम्मेदवार नर नारायण शाह ‘मनु’ ले युवाको ऊर्जा र सपनालाई केन्द्रमा राखेर गीत निर्माण गरिएको बताउँदै यसले अभियानलाई जनस्तरसम्म पर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नरनारायण शाह 'मनु'