



कैलाली । प्रतिनिधिसभा सदस्य चयनका लागि जारी निर्वाचनमा कैलालीका १०७ वर्षीय ज्येष्ठ नागरिक जनकलाल दाहालले पनि मतदान गरेका छन्।
धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
यसैबीच उदयपुरगढी नगरपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले पनि उदयपुरको नेपालटार माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
ज्येष्ठ नागरिकहरूको सहभागिताले निर्वाचनप्रति मतदाताको उत्साह झल्किएको देखिन्छ।
कैलाली निर्वाचन



