



काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले झापा–५ मा प्रारम्भिक मतगणनामा स्पष्ट अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार, बालेनले ५,२५४ मत पाएका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १,२४८ मत मात्र पाएका छन्। यसरी बालेन ओलीभन्दा करिब ४ हजार मतले अघि छन्।
तेस्रो स्थानमा समिर तामाङ (श्रम संस्कृति पार्टी) छन्, जसले ३२५ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसकी मन्धरा चिमरियाले १८५, नेपाली कम्युनिस्ट पार्टीका रञ्जित तामाङले १२९ र राप्रपा का लक्ष्मीप्रसाद संग्रौलाले १११ मत पाएका छन्।
निर्वाचन अधिकृतले मतगणना जारी रहेको र अन्तिम नतिजा केही समयमा सार्वजनिक हुने जानकारी दिएका छन्।
झापा ५ निर्वाचन



