



धनगढी । चैतन्य पाठशाला धनगढीले “चैतन्य उत्कृष्ट स्वास्थ्य नेतृत्व सम्मान २०८२” बाट निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्तलाई सम्मानित गरेको छ।
पाठशालाको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पन्तलाई उक्त सम्मान प्रदान गरिएको हो। स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिए।
उनका अनुसार निसर्ग अस्पतालले सुदूरपश्चिममा निजी क्षेत्रबाट लामो समयदेखि गुणस्तरीय स्वास्थ्य सेवा दिँदै आएको छ।
अस्पताल सञ्चालनसँगै सामाजिक सेवामा पनि सक्रिय रहेका पन्तको भूमिकालाई ध्यानमा राख्दै सम्मान गरिएको हो।
पाठशालाले हरेक वर्ष शिक्षा, साहित्य, खेलकुद तथा समाजसेवा क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ। यस वर्ष पनि विभिन्न क्षेत्रका दुई सयभन्दा बढी व्यक्तित्व सम्मानित भएका छन्।
यस्तै, अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन भइरहेको कार्यक्रमसँग जोडेर धनगढी र आसपासका क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका महिलाहरूलाई समेत विशेष सम्मान गरिएको पाठशालाले जनाएको छ।
निसर्ग हस्पिटल



