Logo
२८ भदौ २०८३, आईतबार

कैलालीको भासुमा भिरबाट लडेर एक जनाको मृत्यु

अक्षरपाटी
२०८२ चैत्र १३ , शुक्रबार ०८:०३ मा प्रकाशित

धनगढी – कैलालीको चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले ४७ वर्षीय दुर्गा अर्खालीकाे भीरबाट लडेर मृत्यु भएको बताए।

उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए। तर, साँझ ढल्किँदासम्म घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गरेका थिए।

खोजीका क्रममा उनी भिरबाट लडेर मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे राति सवा ९ बजे अस्थायी प्रहरी पोस्ट खानीडाँडामा स्थानीयले फोनमार्फत जानकारी गराएका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

कैलाली