Logo
८ वैशाख २०८३, मंगलबार

पर्सा जिल्ला अदालतले दियो लामिछानेलाई वारेसकाे अनुमति

अक्षरपाटी
२०८२ चैत्र १९ , बिहीबार ०७:०४ मा प्रकाशित

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सानोपाइला सहकारीको ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन्।

वीरगन्ज महानगरपालिका आदर्शनगरस्थित सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पर्सा जिल्ला अदालतले लामिछानेलाई वारेसमार्फत मुद्दा लड्न अनुमति दिएको हो।

लामिछानेले बुधबार जिल्ला अदालत पुगेर तारेख बुझी वारेसमार्फत मुद्दा लड्न पाउने माग गरेका थिए। बिहीबार न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले उनको मागबमोजिम आदेश जारी गरेको हो।

रवि लामिछाने