



O शिवराज योगी
आमा ! आमा शब्दमै ब्रह्माण्ड समेटिएको अनुभूति हुन्छ। आमा जननी हुन्। त्यस्ती जननी- जसले सन्तती मात्रै होइन्, सँस्कार, सम्यता, प्रेम र स्नेह अनि ज्ञानको मूल प्रवाहित गर्छिन्। त्योभन्दा माथि उठेर आमा संकटमा समाधान बनिदिन्छिन्। आपतमा ओत र अभावमा आश्रय!
त्यसैले सृष्टिकर्ता’आमा’हरु अर्थात नारीबाट हरेकथोक सम्भव छ। किनकि प्रकृतिले नै जननी मानेकी आमा अत्याचारमा महाकाली र अभावमा सृष्टिकी देवी बनेका अनेकन उदाहरण छन्।
आमाको मुख हेर्ने पर्वका अवसरमा हामीले रुपन्देहीको तिलाेतमा ३ मा जन्मिएकी, ‘युवा पुस्ताका लागि उत्प्रेरणाकी जननी’ मोनिकाको कथा बुन्ने कोसिस गरेका छाैँ।
आजभन्दा करिब २७ वशन्तअघि आमा सुनैना जयसवाल र बुवा शिवमंगल जयसवालको सन्तानका रुपमा मोनिका जयसवालको जन्म भयो।
मधेशी समुदाय र सुदूर पहाडकमा आज पनि सबै छोरीका लागि सहज शिक्षा असम्भवजस्तै छ। सामान्य हातमुख जाेर्ने परिवारकी छोरी भएर पनि उनको शिक्षामा कमी हुन नदिने बुवा-आमाको दर्बिलो अठाेटले मोनिकाको उच्चशिक्षातर्फको यात्रा अघि बढ्यो।
मधेशी समुदाय र सुदूर पहाडकमा आज पनि सबै छोरीका लागि सहज शिक्षा असम्भवजस्तै छ। सामान्य हातमुख जाेर्ने परिवारकी छोरी भएर पनि उनको शिक्षामा कमी हुन नदिने बुवा-आमाको दर्बिलो अठाेटले मोनिकाको उच्चशिक्षातर्फको यात्रा अघि बढ्यो।
मोनिकाको उमेर होचाे थियो-साेच फराकिलो। अक्षरपाटीसँग कुरा गर्दै उनले भनिन्- ‘म १० कक्षा पढ्दै टिउसन पढाएर आफ्नो खर्चको जाेहो गर्ने भइसकेकी थिएँ।’
पछि उनले आईटी कम्पनी र वित्तिय सँस्थामा पनि जागिर गरिन्। ‘त्यो जागिरले मलाई एउटा कुरा सिकायो’, उनले अनुभूति सुनाइन्, ‘म जागिर गर्नका लागि जन्मेकै होइन भन्ने लाग्यो।’

मोनिका बीबीए पढ्दै थिइन्। सँगैका दाैतरीहरु अधिकांशले विदेश जाने सपना बुनिसकेका थिए। केहीले जागिरको योजना बनाए। तर उनको मनमा भने स्वदेशमै केही गर्ने हुट्हुटी सुरु भयो।
‘मसँगै बीबीए पढेका ३९ जनामध्ये ९० प्रतिशत साथीहरु अचेल विदेशमा छन्’, उनले भनिन्, ‘बाँकी जागिरे भएर जीवन चलाइरहेका छन्। उद्यम गर्ने त म एक्लै मात्र हुँ सायद।’
चार वर्ष अघिको कुरा । २३ वर्षीया अविवाहित युवती। उद्योग खोल्ने योजना त बनाइन् तर खाेल्ने कसरी ? ‘एक त म काँचै उमेरकी, त्यामाथि छाेरी मान्छे’, उनले ती दिन सम्झिइन्, ‘उद्योगका लागि भाडामा घर दिन पनि पत्याएनन्, हाम्रो समाजमा छाेरी मान्छेले थालेको बिजनेश छोरी विवाह गरेर गइन् भने के हुने भन्ने अर्को प्रश्न हुँदोरहेछ।’
माेनिकाका बुवा-आमाले स्वदेशमै केही गर्ने छोरीको अठोटलाई साकार पार्न भरपूर साथ दिए। सात लाख पैसाको पनि जाेहो भयो। र खुल्यो ‘सूबी पेपर ब्याग इन्डष्ट्रि’।
तर माेनिकाका बुवा-आमाले स्वदेशमै केही गर्ने छोरीको अठोटलाई साकार पार्न भरपूर साथ दिए। सात लाख पैसाको पनि जाेहो भयो। र खुल्यो ‘सूबी पेपर ब्याग इन्डष्ट्रि’।
बीबीए पढ्दैगर्दा मोनिका जयसवालले तिलोतमा ३ रुपन्देहीमा सुरु गरेको पेपर ब्याग उद्योगमा दुई जना महिला अर्थात ‘आमाहरु’ले काम पाए। उनी आफैले बिहानको ४ बजेदेखि राति ११ बजेसम्म सुरुका दुई वर्ष काम गरिन्। एकाबिहानै उद्योग जाँदा होस् वा अबेर राति फर्कँदा भाइ निरज जयसवालको निकै साथ पाइन्।
जुन उद्योग गत वर्ष उनले भैरहवा ५ का शिवम जयसवालसँग विवाह गरेपछि उतै श्रीमानकै घरमा सारेकी छन्। आज उनको उद्योगमा ८ जना कामदार छन्, जो सबै गृहिणी हुन् अर्थात आमा!
उनले उत्पादन गर्ने पेपर ब्याग देशका विभिन्न भागमा पुगेको देख्दा उनलाई जति खुशी हुन्छ, त्योभन्दा सन्तुष्टि आफूसँग सहयात्री बनेका रोजगार ‘आमा’हरुले व्यक्त गर्ने अभिव्यक्तिले हुन्छ।
‘मैले के कमाएँभन्दा पनि के पाएँ ? भन्ने कुरा ठूलाे हुँदोरहेछ’, उनले सुनाइन्, ‘जब हाम्रो उद्योगमा काम गर्ने दिनीबहिनीहरुले ‘हिँजोका दिनमा तिउनतरकारी, बालबच्चाको स्कुल फिका लागि श्रीमानलाई भन्नुपर्थ्यो, आज आफै गर्नसक्ने भयाैँ’ भन्छन् त्यतिबेला निकै आनन्द लाग्छ।’
उद्योगसँगै उनले एमबीएसम्मको अध्ययन गर्न भ्याएकी छन्। परिवार, आफन्तको सुख र दु:खमा सहभागी हुन सकेकी छन्। दुई वर्ष नसोचेको संषर्घ गर्नुपरेपनि आज आफूलाई लागेको र मनले चाहेको आफै गर्नसक्ने आर्थिक अवस्था पनि बनाएकी छन्।
विदेशिनेमध्ये सबैका लागि ‘रुखमा फले झैँ’ पैसा फल्दैन। भोक, प्यास र निद्रा मारेर दु:खले कमाउँदा पनि दु:खमा साथ दिने साथी र सुखमा रमाउने आफन्त हुँदैन। समुन्द्रको निलो पानी झै पसिना बगाएर मात्रै धन आर्जन हुने, त्यो पनि सबैको भाग्यमा नहुने कुरा उनैका साथीहरु सुनाउँछन्।
विदेशिनेमध्ये सबैका लागि ‘रुखमा फले झैँ’ पैसा फल्दैन। भोक, प्यास र निद्रा मारेर दु:खले कमाउँदा पनि दु:खमा साथ दिने साथी र सुखमा रमाउने आफन्त हुँदैन। समुन्द्रको निलो पानी झै पसिना बगाएर मात्रै धन आर्जन हुने, त्यो पनि सबैको भाग्यमा नहुने कुरा उनैका साथीहरु सुनाउँछन्।
‘म सन्तुष्ट छु स्वेदशमै केही गर्न सकेकोमा’, युवा उद्यमी मोनिकाले भनिन्, ‘परिवारसँगै बसेर, हिँजो आमा-बुवाको त आज श्रीमानकाे साथ पाएर उद्योग उभोँ गतिमै छ।’
दुई वर्ष गरेको कडा मेहनतले उनको जीवनमा सफलताको रंग पनि भरिदिएको उनी अप्ठेराे नमानी बताउँछिन्।
भन्छिन्- ‘हाम्रो मधेशी समुदायमा छोरीको विवाह अलि खर्चिलै हुन्छ। आफ्नै विवाहमा पनि मैले बुवालाई सघाउन सकेँ। सानो जमिन जोडेकी छु। स्वदेशमै बसेर योभन्दा अरु के चाहियो र ?’
एक उद्यमीको कथा मोनिका जयसवाल शिवराज याेगी



