Logo
९ वैशाख २०८३, बुधबार

चौतर्फी आलोचनापछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

अक्षरपाटी
२०८३ वैशाख ९ , बुधबार ०२:०४ मा प्रकाशित

काठमाडौं । चौतर्फी आलोचना र विवादपछि गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि दबाब बढ्दै गएको अवस्थामा गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) समक्ष राजीनामा बुझाएका हुन्। उनले आफ्नो राजीनामाको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेको दिनमै मन्त्रिपरिषद् गठन गर्दा गुरुङ गृहमन्त्री नियुक्त भएका थिए। सुरुवाती चरणमा उच्च पदस्थ कर्मचारीमाथि कारबाही गरेर चर्चामा आएका उनी पछिल्लो समय भने विभिन्न आरोपका कारण आलोचनाको केन्द्रमा परेका थिए।

उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँग भएको छलफलपछि गुरुङले राजीनामा दिने निर्णय गरेका हुन्।

यस घटनाले वर्तमान राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ भने सरकारमाथि थप दबाब सिर्जना भएको देखिएको छ।

गृहमन्त्री सुधन गुरुङ

ट्रेन्डिङ ( साप्ताहिक )