Logo
२१ भदौ २०८३, आईतबार

प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु

अक्षरपाटी
२०८३ जेठ १ , शुक्रबार ०३:०५ मा प्रकाशित

प्युठान । प्युठानमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थान क्षेत्रमा लु.प्र. ०२–००१ ज ०१०४ नम्बरको मारुती भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

प्रहरीका अनुसार भ्यान सडकबाट करिब २ सय मिटर तल खसेको थियो। दुर्घटनामा भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए।

मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्युठान भ्यान दुर्घटना