



काठमाडाैं। सरकारी सँस्था प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सरकारले विज्ञापन आह्वान गरेकाे छ।
सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार दरखास्त आह्वान गरेको हो। दरखास्त दिने अन्तिम म्याद जेठ १८ गतेसम्मको छ।
दरखास्त पेश गर्ने उम्मेदवारका लागि दरखास्त फारम, दरखास्त साथ संलग्न गर्नुपर्ने योग्यता, आवश्यक कागजात लगायतको विस्तृत जानकारी सूचना तथा सञ्चार मन्त्रालयको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ।
२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि बनेको बालेन नेतृत्वको सरकारले विगतको सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरु खारेज गरेपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाउन विज्ञापन खुलाइएको हो।
विज्ञापन आह्वान



