Logo
१२ जेठ २०८३, मंगलबार

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

अक्षरपाटी
२०८३ जेठ १२ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा जिल्ला अदालतको आदेशपछि रिहा भएका छन् । अदालतले उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंलाई अदालतको आदेशअनुसार रिहा गरिएको हो । प्रहरीले उनीविरुद्ध साइबर कसुर तथा राज्यविरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।

प्रसाईं केही दिनअघि वीरगञ्जस्थित होटल दियालो बाट पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

दुर्गा प्रसाईं रिहा

ट्रेन्डिङ ( साप्ताहिक )