



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भारत भ्रमणमा रहेका लामिछानेले बिहीबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् । भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका छन् ।
मोदीले ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीति अन्तर्गत नेपाल भारतको प्राथमिकता प्राप्त साझेदार रहेको उल्लेख गर्दै साझा र समृद्ध भविष्यका लागि सहकार्यलाई अझ मजबुत बनाउने इच्छा व्यक्त गरेका छन् ।
‘नेपालसँगको हाम्रो विशेष र बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर छौं,’ मोदीले उल्लेख गरेका छन् ।
भारत भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनसँग पनि भेटवार्ता गरेका थिए । उनले भाजपा मुख्यालयको अवलोकन समेत गरेका छन् ।
यसअघि उनले भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए ।
लामिछाने जेठ २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
नरेन्द्र मोदी भेटवार्ता रवि लामिछाने


