Logo
२६ जेठ २०८३, मंगलबार

गृहमा गुरुङ र नवप्रवर्तनमा पुन, आफै गाडी चलाएर गृहमन्त्री सिंहदरबारमा

अक्षरपाटी
२०८३ जेठ २६ , मंगलबार ०६:०६ मा प्रकाशित

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएका छन्।

आज आयोजित कार्यक्रममा आफनो पदको पद तथा गोपनियताको शपथ लिएका हुन्।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरु, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो।

शपथ लगत्तै गृहमन्त्री गुरुङ आफै गाडी चलाएर पदभार सम्हाल्न सिंहदरबार पुगेका थिए। उनले आजैदेखि पदभार ग्रहण गरेका छन्।

गृहमन्त्री सुधन गुरुङ महाबीर पुन