Logo
२७ जेठ २०८३, बुधबार

वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितहरुले प्रधानमन्त्री र म माथि आक्रमण गरे : अर्थमन्त्री वाग्ले

अक्षरपाटी
२०८३ जेठ २७ , बुधबार १०:०६ मा प्रकाशित

काठमाडाैं। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा आयोजित बजेट सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।

‘प्रधानमन्त्री र म माथि नियोजित रुपमा घेरा बन्दी र आक्रमण भइरहेको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नहरुमाथि सरकारले छानबिन गरिरहेको छ। केही दिनमा यो विषय अदालत पुग्दैछ। हामीसँग रुष्ट तिनै समूहबाट पालित पोसितबाट प्रधानमन्त्री र म माथि आक्रमण भइरहेको मलाई शंका लागेको छ।’

सार्वभौम संसदका माननीहरु पनि यस्तो समूहका कुराहरुबाट प्रभावित नहुन उनले आग्रह गरे। संसदको गरिमा लहलहैमा लागेर कमजोर पार्न नहुने पनि उनले बताए।

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले