Logo
७ असार २०८३, आईतबार

देश रास्वपाको हातमा सुरक्षित छ, ढुक्क हुनुस् : रवि लामिछाने

अक्षरपाटी
२०८३ असार ७ , आईतबार ०६:०६ मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बदलिएको राजनीतिक परिस्थितिले रास्वपालाई मुलुकको सबैभन्दा प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित गरेको बताउँदै देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन्।

रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे।

उनले राजनीतिक शक्ति हासिल गर्नु दम्भ, प्रतिशोध वा अहंकार प्रदर्शन गर्ने अवसर नभई नागरिकप्रतिको दायित्व वहन गर्ने अवसर भएको बताए।

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ,’ उनले भने, ‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। तर शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स होइन।’

लामिछानेले रास्वपा लोकतन्त्र, संविधान, मानवअधिकार र नागरिक स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा पार्टी दृढ रहने बताए।

‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकारलगायतका उपलब्धिको हामी जगेर्ना गर्नेछौँ,’ उनले भने, ‘हामी जिम्मेवारीका साथ उभिएका छौँ, त्यसैले अन्य राजनीतिक दलहरू निर्धक्क रहन सक्छन्।’

रवि लामिछाने