Logo
११ भदौ २०८३, बिहीबार

रवि लामिछानेसँग मनिष झाको माग– गुटबन्दी गर्नेलाई तत्काल कारबाही गर्नुस्

अक्षरपाटी
२०८३ असार १२ , शुक्रबार ०३:०६ मा प्रकाशित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाउँदै त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

चितवनमा जारी महाधिवेशनस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकजुट भएमा गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्नुपर्ने बताए।

उनले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभयो भने म यही माध्यमबाट आदरणीय रवि लामिछानेज्यूलाई अनुरोध गर्छु– यो गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गरिदिनुस्।’

झाले महाधिवेशन प्रतिनिधिहरूबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गर्दै निर्वाचन परिणाम पनि आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

मनिष झा रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )