Logo
२२ असार २०८३, सोमबार

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईँको राजीनामा स्वीकृत

अक्षरपाटी
२०८३ असार २२ , सोमबार ०६:०७ मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन्।

सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले राजीनामा बुझाएका हुन्।

सीईओ चापागाईंले बुझाएको राजीनामा-पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ। उनको राजीनामा आजै स्वीकृत गरिएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ।

चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए । सरकारले अध्यादेश मार्फत विगतका नियुक्त खारेज गरे पनि उनी कायम रहेका थिए।

चूडामणि चापागाईं नेपाल स्टक एक्सचेन्ज

ट्रेन्डिङ ( साप्ताहिक )