


काठमाडौं । विश्वमै सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल फेसबुकको वेब (ब्राउजर) संस्करण मा आइतबार एकाएक समस्या देखिएको छ।
ब्राउजरमा फेसबुक नचलेपछि विश्वभरका हजारौं प्रयोगकर्ता प्रभावित भएका छन्। कम्प्युटर तथा ल्यापटपबाट फेसबुक चलाउने धेरै प्रयोगकर्ताले वेबसाइट नखुल्ने, लगइन हुन नसक्ने, ‘न्युज फिड’ लोड नहुने तथा बारम्बार ‘एरर’ देखिने गुनासो गरेका छन्।
तर फेसबुकको मोबाइल एप भने अधिकांश प्रयोगकर्ताकाेमा सामान्य रूपमा सञ्चालन भइरहेकाे बताइएको छ।

आइतबार बिहानदेखि अमेरिका, युरोप, एसिया लगायत विभिन्न मुलुकका प्रयोगकर्ताले सामाजिक सञ्जालका अन्य प्लेटफर्ममार्फत आफूहरूले फेसबुक ब्राउजरबाट खोल्न नसकेको गुनासो सार्वजनिक गरिरहेका छन्।
यद्यपि समस्या के हो भन्नेबारे मेटाले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। कम्पनीले विश्वव्यापी आउटेज भएको पुष्टि पनि गरेको छैन। त्यसैले यो समस्याको कारण सर्भर, डेटा सेन्टर, नेटवर्क रुटिङ वा प्रणाली अद्यावधिक (सर्भर अपडेट) हुन सक्ने अनुमान गरिएको छ।
असर
फेसबुकको वेब संस्करणमा आएको अवरोधले व्यक्तिगत प्रयोगकर्तामात्र होइन, समाचार संस्था, डिजिटल मिडिया, व्यवसायी, विज्ञापनदाता तथा कन्टेन्ट क्रिएटरहरूलाई पनि असर गरेको छ। कम्प्युटरबाट फेसबुक पेज सञ्चालन गर्ने, सामग्री पोस्ट गर्ने, विज्ञापन व्यवस्थापन गर्ने र ग्राहकसँग सम्पर्क गर्ने सबैलाई अवरोध पुगेको छ।
नेपालका धेरै सञ्चारमाध्यम र सामाजिक सञ्जाल व्यवस्थापकहरूले पनि फेसबुकको ब्राउजर संस्करणमा समस्या आएर समस्या भएको बताएका छन्।
फेसबुक

