


काठमाडौं । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा हुन लागेको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहनेछ।
एक्स्पोमा विभिन्न ब्रान्डका नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहनेछन् ।
नेपालमा भित्रिएका नयाँ सवारीसाधन तथा आधुनिक प्रविधि पहिलोपटक सार्वजनिक गर्ने तयारीसमेत गरिएको छ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराउनेछन्।
अटो पार्टपुर्जा, ब्याट्री, चार्जिङ स्टेसन र एक्सेसरिजका स्टलसमेत रहनेछन् ।
एक्स्पो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिनेछ ।
नइमा एक्स्पो

