


काठमाडौं। सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब १५/१५ दिनमा तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ।
महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक रूपमा तलब–भत्ता भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
अर्थ मन्त्रालयले गत वैशाखमै गरेको निर्णय प्रणाली विकास नहुँदा कार्यान्वयनमा ढिलाइ भएको हो।
प्रणाली तयार भएपछि अब उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन लागिएको हो।
तलब

