Logo
३१ भदौ २०८३, बुधबार

१८ दिनपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आउँदै

अक्षरपाटी
२०८३ भदौ ३१ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाडाैं। बाढीका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

सरकारले तीव्र गतिमा सडक पुनःनिर्माण गरेपछि बिहीबार बिहान ६ बजेदेखि कृष्णभीर हुँदै सवारीसाधन दुईतर्फी सञ्चालनमा आउने तयारी गरिएको छ। सडक खुलेसँगै राजधानीसँग देशका विभिन्न भाग जोड्ने प्रमुख मार्गमा यातायात सेवा क्रमशः पूर्ववत् हुने अपेक्षा गरिएको छ।

भदौ १४ गते कृष्णभीर भासिएपछि १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्ग बिहीबार दुईतर्फी सञ्चालनमा आउन लागेको हो। बाढीपहिरोका कारण अवरुद्ध नागढुंगा–मुग्लिन सडकखण्ड खुलेसँगै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पृथ्वी राजमार्ग हुँदै पूर्ववत् सेवा सञ्चालन गर्न आफ्ना सदस्य संघ, समिति, कम्पनी तथा प्रालिलाई जानकारी गराएको छ।

राजमार्ग लामो समय अवरुद्ध हुँदा यातायात व्यवसायीले करोडौँ रुपैयाँ घाटा बेहोर्नुका साथै यात्रुले समेत समयमै गन्तव्य पुग्न कठिनाइ भोगेका थिए। राजधानीको ‘लाइफलाइन’ मानिने पृथ्वी राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात प्रभावित हुँदा काठमाडाैंमा चिनी, तेल, चामललगायतका उपभाेग्य वस्तु अभाव भएको भन्दै महंगी बढाइएको छ।

सडक पुन:सञ्चालनमा आएपछि कालोबजारी गर्नेहरुलाई समेत बहाना नरहने र बजार सहज हुने अपेक्षा गरिएको छ।

कृष्णभीरमा ट्रयाक

ट्रेन्डिङ ( साप्ताहिक )