Logo
३ असोज २०८३, शनिबार

जेन्जी उमेरका सांसदलाई प्रधानमन्त्रीको आह्वान : आफैं उदाहरण बनेर देखाउनुस्

अक्षरपाटी
२०८३ असोज २ , शुक्रबार ०४:०९ मा प्रकाशित

काठमाडाैं। प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ अगाडि बढ्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गर्दै उनले नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे।

अन्तरक्रियाका क्रममा जनजीविकाका आधारभूत समस्या समाधानसँगै त्योभन्दा अझ अगाडि बढेर आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुन प्रधानमन्त्रीले जेन्जी पुस्ताका सांसदहरुलाई आव्हान गरे।

प्रधानमन्त्री शाहले यसका लागि स्थलगत अध्यय तथा अनुसन्धान गर्ने, सूचना–प्रविधिको उच्चतम प्रयोग गर्ने, समस्या समाधानमुखी व्यवहार अपनाउने र पुराना तथा अव्यवहारिक सोच त्याग्न सुझाव दिए।

राजनीतिलाई पेशा नबनाई आम्दानीको छुट्टै व्यवसायिक आधार खडा गरेर दीर्घकालिन रुपमा आत्मनिर्भर र प्रेरणाको स्रोत बन्न समेत आग्रह गरे। अन्तरक्रियामा सहभागी जेन्जी उमेरका सांसदहरुले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रुपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र स्वदेशमै अवसर सिर्जना गर्ने कार्यमा जुट्ने प्रतिवद्धता व्यक्त गरे।

प्रधानमन्त्री बालेन्द्र शाह

ट्रेन्डिङ ( साप्ताहिक )