Logo
१९ कात्तिक २०८३, बिहीबार

देशको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ

अक्षरपाटी
२०८३ कात्तिक १९ , बिहीबार ०३:११ मा प्रकाशित

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्री शाहले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।

प्रधानमन्त्रीले देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

साथै, नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन, अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन र शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन उनले सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह सुरक्षा प्रमुखहरू