


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी छ। सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम आज अपरान्हसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए।
सहमहामन्त्रीको खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन्। अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ।
संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदैछ।
नेपाली कांग्रेस

