


काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन् ।
गृहमन्त्री गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने बैठकमा सहभागी हुन भारत जान लागेका हुन् ।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गरी सात देशका गृहमन्त्री सहभागी हुनेछन् ।
गृहमन्त्री सुधन गुरुङ

