




काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका छन्।
सिंहदरबारमा भएको भेटमा दुई देशबीचको कनेक्टिभिटी, व्यापार, सांस्कृतिक सम्बन्ध तथा विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
दुई दिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका मिश्रीले प्रधानमन्त्री शाहसँगको भेटमा भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटमा नेपाल–भारतबीचको विद्यमान सहकार्यलाई थप गति दिने तथा आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
नेपाल भ्रमणका क्रममा विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिएका छन्।
भ्रमणका क्रममा उनले दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका विषयमा नेपाली पक्षसँग छलफल गरेका छन्।
बालेन शाह

