Logo
१० मंसीर २०८३, बिहीबार

संविधान दिवसमा नेपालस्थित भारतीय दूतावासमा संविधानको प्रस्तावना वाचन

अक्षरपाटी
२०८३ मंसीर १० , बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौं । भारतको संविधान दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले भारतीय संविधानको प्रस्तावना वाचन गरेका छन्।

भारतीय दूतावास, काठमाडौंका अनुसार संविधानमा निहित आदर्श, मूल्य र सिद्धान्तप्रति स्मरण गर्दै अधिकारीहरूले प्रस्तावना वाचन गरेका हुन्।

सो अवसरमा उनीहरूले संविधानका आदर्श तथा मूल्यको संरक्षण, प्रवर्द्धन र कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता पुनःव्यक्त गरेका छन्।

भारतले हरेक वर्ष २६ नोभेम्बरलाई संविधान दिवस (Samvidhan Diwas) का रूपमा मनाउँदै आएको छ।

सन् १९४९ नोभेम्बर २६ मा भारतको संविधान संविधानसभाबाट अंगीकार गरिएको थियो।

नेपालस्थित भारतीय दूतावासले संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममार्फत संविधानमा अभिव्यक्त लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता र बन्धुत्वका मूल आदर्शप्रति प्रतिबद्धता दोहोर्‍याएको हो।

तस्विर : भारतीय दूतावास

भारतीय दूतावास