Logo
२२ भदौ २०८२, आईतबार

निसर्ग डेन्टल उद्घाटन,फागुन ३० गतेसम्म नि:शुल्क ओ.पि.डि सेवा

अक्षरपाटी
२०८० फागुन २३ , बुधबार ०५:०३ मा प्रकाशित

कैलाली,२३ फागुन । धनगढी उप महानगरपालिका ५ मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा आजबाट निसर्ग डेन्टल एण्ड म्याग्जिलोफेसिएल युनिटको उद्घाटन गरिएको छ ।


हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र मेडिकल डाईरेक्टर मेराज आलम अन्सारीले संयुक्त रुपमा रिवन काटेर उद्घाटनगरे संगै क्लिनिकले औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
अध्यक्ष पन्तले दाँतको उपचार शरिरका अन्य अंगहरुको जस्तै महत्वपूर्ण रहेकाले निसर्ग डेन्टलको स्थापना गरिएको बताउनु भयो ।


क्लिनिकमा दाँत खोल्ने, दाँत लगाउने, दाँत सफा गर्ने, स्वास गन्हाउने, दाँतमा किरा लागेको दाँतमा सिमेन्ट चाँदी भर्ने, नमिलेको बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको जरै देखी RCT उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत लगाउने, दाँत एक्सरे गर्ने लगायत विभिन्न दाँत सम्बन्धी समस्याको उपचार गरिने दन्तरोग विशेषज्ञ डा.ज्वोत्सना पौड्यालले जानकारी दिनुभयो ।


यसबाहेक अनुहारको सौन्दर्य शल्य चिकित्सा, राइनोप्लास्टी, ब्लेफेरोप्लास्टी, दाग शल्यक्रिया, फेसलिफ्ट सर्जरी, अनुहार टाउको र घाँटी क्षेत्रसँग सम्बन्धित चोटपटकको शल्यक्रिया, अनुहारको छालाको सिस्ट, क्यान्सर, हड्डी सुन्निने लगायत अनुहारको प्याथोलोजी पनि उपचार गरिने मुख, अनुहार तथा बङगारा रोग विशेषज्ञ डा.दिपक ठकुराठीले बताउनुभयो ।

शुभारम्भको अवसरमा डेन्टलमा फागुन ३० गतेसम्म निःशुल्क ओ.पि.डि टिकटको ब्यबस्था रहेकोे छ । भने क्लिनिक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सन्चालन हुने जनाइएको छ ।