बागलुङ । बुर्तिबाङ देखि ढोरपाटनसम्मको सालझण्डी सडकको काम समयमै नसकिए संघ र प्रदेशका माननीयलाई ढोरपाटन नगरपालिकामा प्रबेश निषेध गरिने कार्यबाहक मेयर कल्याण कायतले चेतावनी दिएका छन् ।
बुधबार फेसबुकमा स्ट्याटस लेख्दै कायतले राज्यले समयमै रकम भुक्तानी नदिदा ठेकेदारले काम नगर्ने अवस्था आएको भन्दै बाग्लुङ जिल्लाका संघ र प्रदेशका माननीयहरुले समयमै पहल नगरे नगरपालिकामा प्रवेश निषेध गरिने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्:
“बुर्तिबाङ्ग – ढाेरपाटन सालझणडि सडक अन्तर्गत राज्यले समयमा रकम भुक्तानी नदिने ठेक्दारले काम नगर्ने अझै सडक अलपत्र पर्ने स्थिति भयो भने बागलुङ जिल्लाका संघ र प्रदेशका माननीयहरु लाई ढाेरपाटन नगरपालिका मा निषेध गरिनेछ । साथै सिंहदरबार अगाडि यस क्षेत्रका स्थानीय बासिन्दाले आगो बाल्नेछ्न हेक्का रहोस ।”