Logo
१२ पुस २०८१, शुक्रबार

एसईईको नतिजा प्रकाशित, मौका परीक्षा साउन १८ र १९ मा

अक्षरपाटी
२०८१ असार १३ , बिहीबार १२:०६ मा प्रकाशित

काठमाडौं,१३ असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसईईमा नियमिततर्फ ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए। उनीहरुमध्ये १ लाख १४ हजार ४८ जना पुरुष र १ लाख २८ हजार २५७ जना महिला सहभागी भएका रहेका छन्।

बोर्डका अनुसार १.६० जीपीएदेखि २ सम्म ६ जना, २ देखि २.४० सम्म २ हजार ९५०, २.४० देखि २.८० सम्म ४१ हजार १७७, २.८० देखि ३.२० सम्म ७८ हजार ८७४ जनाले ग्रेड प्राप्त गरेका छन्।

त्यसैगरी ३.२० देखि ३.६० सम्म ६८ हजार २५६, ३.६० देखि ४ सम्म ३१ हजार २०९ रहेका छन्। एजी २ लाख ४२ हजार ३१३ जना रहेका छन्।

योसँगै मौका परीक्षाको मिति पनि तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण भएको छन् ।

दुईभन्दा बढि विषयमा एनजी भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेडवृद्धिका लागि वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था रहेको छ।

प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ।