Logo
२ कात्तिक २०८१, शुक्रबार

६ लाख घुससहित क्यान्सर अस्पतालका लेखा अधिकृत पक्राउ

अक्षरपाटी
२०८१ साउन ७ , सोमबार १२:०७ मा प्रकाशित

काठमाडौं । चितवनको वी पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन् ।

औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।

भरतपुर महानगरपालिका –४ कटहरचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।