Logo
२ माघ २०८१, बुधबार

‘मिस्टर नेपाल वर्ल्ड-२०२४’ को उपाधि झापाका सन्तोष लाई

अक्षरपाटी
२०८१ भदौ ९ , आईतबार १०:०८ मा प्रकाशित

काठमाडौं,९ भदौ । झापाका सन्तोष लक्समले ‘मिस्टर नेपाल वर्ल्ड–२०२४’ को उपाधि जितेका छन् । शनिवार राति काठमाडौंको सोल्टी होटलमा सम्पन्न ग्राण्ड फिनालेमा सन्तोषले ३८ जना युवाहरुलाई पछि पार्दै मुख्य उपाधिमा कब्जा जमाएका हुन् । प्रतियोगितामा मिस्टर नेपाल वर्ल्डको उपाधि विजेता लक्समले अब ‘मिस्टर वर्ल्ड २०२४’ अथवा ‘मिष्टर ग्लोवल २०२४’ मा नेपालको प्रतिनिधित्वको अवसर पाउने आयोजक संस्थाले जनाएको छ ।

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगितामा भक्तपुरका योगेश श्रेष्ठले मिस्टर ग्लोबल नेपालको उपाधि जितेका छन् भने काभ्रेका आयुष दुलालले म्यान अफ द वर्ल्ड नेपालको उपाधि जितेका छन् । धरानका आदेश प्रधानले फर्स्ट रनर्सअपको उपाधि जितेको यो प्रतियोगितामा हेटौंडाका आयुष बमजोमले सेकेण्ड रनर्सअपको उपाधि जितेका छन् । यो प्रतियोगितामा देशभर आयोजित अडिसनबाट ३८ युवाहरुलाई छनौट गरिएको थियो ।

प्रतियोगिताको निर्णायकमा मिस नेपाल नम्रता श्रेष्ठ, अभिनेत्री नीति शाह, फोटोग्राफर राजभाइ सुवाल, मिस नेपाल माल्भिका सुब्बा, चिकित्सक डा.रुपक घिमिरे, व्यवसायी टिकाराम बुढाथोकी तथा कलाकार सन्दीप पोखरेल रहेका थिए ।