Logo
१९ जेठ २०८२, आईतबार

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग देउवा र प्रचण्डबीच भेटवार्ता

अक्षरपाटी
२०८१ भदौ २७ , बिहीबार १२:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन्।

प्रतिनिधिसभामा ‘हिंसा’ शब्दलाई लिएर माओवादी र एमालेबीच केही दिनयता सदनमा आरोप-प्रत्यारोप चलिरहेको छ। यही कारण प्रतिनिधिसभा बैठक ३१ गतेसम्मका लागि स्थगित गरिएको छ।

यस्तै, सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ। त्यसको विरोधमा माओवादीसहित विपक्ष दल उभिएका छन्। यही सन्दर्भमा शीर्ष नेताबीचको भेटघाटलाई अर्थपूर्ण मानिएको छ।

केपी शर्मा ओली पुष्पकमल दाहाल शेरबहादुर देउवा