Logo
७ पुस २०८१, आईतबार

४२ जिल्लाको ६३ स्थानमा सुपथ मूल्य पसलः कहाँ-कहाँ तोकियो बिक्री केन्द्र ?

अक्षरपाटी
२०८१ असोज ३ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि दसैंतिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दिउँसो १ बजे थापाथली बिक्री केन्द्रबाट सुपथ मूल्य पसल औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

थापाथली बिक्री केन्द्रबाट उद्घाटन हुने सुपथ मूल्य पसल क्रमशः देशभरका ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । ​दसैंतिहार तथा छठको समयमा दैनिक उपभोग्य वस्तुको माग आपूर्ति र गुणस्तरियताका साथै मूल्यमा सहुँलियत दिन कम्पनीले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सन्दभर्मा गत भदौ २३ गते बसेको मन्त्रिपरिषद् स्तरिय बैठकले काठमाडौंका चार स्थानसहित देशैभरीबाट ६३ स्थानामा बिक्री केन्द्र स्थापना गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि सरकारले ३ करोड रुपियाँ सहुलियत छुट बजेट समेत विनियोजन गरेको छ ।

सुपथ मूल्य पसल सञ्चालन गरिने स्थानहरु..
काठमाडौं उपत्यका ४ स्थानहरु : थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक
उपत्यका बाहिर : ५९ स्थानहरुमा

विक्री गरिने खाद्य वस्तुहरु र छुटको विवरण..

विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी रु- ५ छुट                      
विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी – प्रति केजीरलिटर रु- ७ छुट
कर्णालीको सिमी÷गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सी – प्रति केजी रु- ७ छुट
जिउँदो खसीबोका च्याङ्ग्रा, डि.डि.सी. घ्यू– प्रति केजी रु- १० छुट