Logo
३१ असार २०८२, मंगलबार

बीपी राजमार्ग आज साँझबाट सञ्चालनमा, रातीको समयमा यात्रा नगर्न डिभिजन कार्यालयको आग्रह

अक्षरपाटी
२०८१ असोज २८ , सोमबार ०१:१० मा प्रकाशित

काठमाडौं । बीपी राजमार्ग आज साँझबाट सञ्चालनमा आउने भएको छ। गत असोज ११ र १२ गतेको बाढी पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिनदेखि साना सवारीसाधन चल्न दिइएको सडक डिभिजन भक्तपुरले जनाएको छ।

चौकीडाँडा र माम्ती खोला नजिकको डाइभर्सन आज साँझसम्म सुधार गरेर ठूला सवारीसाधन सावधानिपूर्वक सञ्चालन गर्न दिन लागिएको डिभिजन कार्यालयले जनाएको छ। सुक्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न डिभिजन कार्यालयले आग्रह गरेको छ।

‘गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण वि.पी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ कि.मी. भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएकोले हाल ट्र्याक निर्माण गरी साना सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।’ डिभिजन प्रमुख सीडीई सुमन योगेशले जारी गरेको सूचनामा भनिएको छ,‘चौकीडाँडा र माम्ती खोला नजिकको ड्राइभर्सन आज साँझसम्म सुधार गरि यसअघि वि.पी राजमार्गमा यातायात सञ्चालनका लागि अनुमति प्राप्त सवारी साधन सावधान पूर्वक सञ्चालन गर्न योग्य हुने व्यहोरा सर्वसाधारण सबैलाई जानकारी गराइन्छ।

साथै उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकोले रातीको समयमा यात्रा नगर्न समेत अनुरोध छ।’