Logo
३ असोज २०८३, शनिबार

एमालेलाई सफलतामा पुर्‍याएपछि मात्रै विश्राम लिन्छु : केपी शर्मा ओली

अक्षरपाटी
२०८३ जेठ २० , बुधबार ०३:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अप्ठ्यारो परिस्थितिमा पार्टीको नेतृत्व नछोड्ने स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफू सहज अवस्थामा लाभ लिने र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारीबाट पन्छिने सोचका साथ अध्यक्ष नबनेको बताएका हुन्।

‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो। अनुकूल वातावरण भयो भने अगाडि बढ्ने, प्रधानमन्त्री बन्ने र अप्ठ्यारो अवस्था आयो भने झोला फ्याँकेर भाग्ने व्यक्ति म होइन,’ ओलीले भने।

उनले पार्टीलाई सफलताको गन्तव्यमा पुर्‍याएर मात्रै विधानसम्मत रूपमा विश्राम लिने बताए।

‘कतिपय साथीहरूमा मैले बीचमै नेतृत्व छोडेर हिँड्छु कि भन्ने आशंका हुन सक्छ। त्यस्तो आशंका मनमा नराख्नुस्,’ ओलीले भने, ‘अप्ठ्यारो परिस्थितिसँग जुध्दै पार्टीलाई अगाडि बढाउने, सफलतामा पुर्‍याउने र त्यसपछि मात्रै पार्टीको विधि, विधान र प्रक्रियाअनुसार विश्राम लिने अवस्था बन्छ।’

ओलीले पछिल्लो समय पितृशोक, गिरफ्तारी तथा शल्यक्रियालगायत कारणले पार्टी गतिविधिमा केही व्यवधान आएको उल्लेख गर्दै अब नेताहरू र कार्यकर्तासँगको भेटघाटलाई थप तीव्र बनाउने बताए।

केपी शर्मा ओली नेकपा एमाले

ट्रेन्डिङ ( साप्ताहिक )