Logo
७ पुस २०८१, आईतबार

रातारात चितवनबाट पोखरा लगियो रवि लामिछानेलाई

अक्षरपाटी
२०८१ मंसीर २० , बिहीबार १०:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखराबाट लगिएको छ । चितवनमा बुधबार रविको बयान सकिएकोमा बिहीबार पोखरा लगिने भनिएको थियो ।

तर, उनलाई गएराती ११ बजे चितवनबाट पोखरा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिएका छन् । उनका अनुसार, रविलाई बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पुर्‍याइएको र अहिले हिरासतमा रहेको पुष्टि गरे ।

‘उहाँ (रवि लामिछाने) लाई पोखरा पुर्‍याउँदा त्यही बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ,’ डीएसपी शर्माले भने ।

यसअघि, बुधबार प्रहरीले रास्वपाका नेताहरूलाई बिहीबार ११ बजेको उडानबाट पोखरा लगिने बताएको थियो । तर, उनलाई रातारात पोखरा लगिएको रास्वपाका नेताहरूले जनाएका छन् ।

बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीसहित प्रदर्शनकारीहरू घाइते भएका थिए ।

रवि लामिछाने रास्वपा