Logo
९ माघ २०८१, बुधबार

आइसिसी यू–१९ विश्वकप : नेपाल विश्‍वकपको समूह चरणबाटै बाहिरियो

अक्षरपाटी
२०८१ माघ ९ , बुधबार ०३:०१ मा प्रकाशित

काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी २० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग पराजित भएसँगै जितविहीन रह्‍यो ।

नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।

यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।

आईसीसी यू-१९ महिला टी २० विश्वकप