Logo
२३ माघ २०८१, बुधबार

तोलामा २ हजार २ सयले बढ्यो सुनको मूल्य

अक्षरपाटी
२०८१ माघ २३ , बुधबार ११:०२ मा प्रकाशित

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा ठूलो वृद्धि भएको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य बुधबार तोलामा २ हजार २०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको मूल्य एक हजार ९ सयले वृद्धि नै भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सुनचाँदी