Logo
२५ भदौ २०८३, बिहीबार

ग्यास नपाएको विरोधमा सडकमै खाना पकाएर प्रदर्शन

अक्षरपाटी
२०८३ भदौ २५ , बिहीबार ११:०९ मा प्रकाशित

काठमाडौं । खाना पकाउने ग्यासको अभाव भएको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौंको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस अगाडि सडकमै खाना पकाएर सरकारको विरोध गरेको छ।

ग्यास नपाएको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा इँटा राखेर अस्थायी चुलो बनाएका थिए। उनीहरूले दाउरा बालेर सडकमै खाना पकाउनुका साथै त्यहीँ बसेर खाना खाएका थिए।

ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले सांकेतिक रूपमा सडकमा खाना पकाएर विरोध जनाएका हुन्।

ग्यास अभाव

ट्रेन्डिङ ( साप्ताहिक )