Logo
२२ असार २०८३, सोमबार

तीनकुनेमा केहीबेरमा कर्फ्यु लगाउने तयारी

अक्षरपाटी
२०८१ चैत्र १४ , शुक्रबार ०४:०३ मा प्रकाशित

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यु लगाउन सूचना निकाल्ने तयारी भइरहेको जानकारी दिए।

तीनकुने क्षेत्रमा दुर्गा प्रसाईं नेतृत्वमा भएको प्रदर्शनमा तोडफोड र झडप भएको थियो।

प्रदर्शन उग्र बन्दै गएपछि तीनकुनेमा कर्फ्‍यु लगाउने तयारी गरेको हो।

‘कर्फ्यू लगाउने तयारी छ। केहीबेरमा सूचना आउँछ,’ उनले भने।

कर्फ्यु