Logo
१३ वैशाख २०८२, शनिबार

नेप्से ३२ अंकले घट्दा कारोबार रकम पनि घट्यो

अक्षरपाटी
२०८२ वैशाख १० , बुधबार ०४:०४ मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ३२.४४ अंकले घटेर २६५५.८८ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको सेयर बजारले आज पनि सोही दिशालाई निरन्तरता दिएको हो।

आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक सोमबार ७.७५ र मंगलबार ९.९६ अंकले घटेको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३०८ स्क्रिप्सको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ७ अर्ब ५७ करोड ५१ लाख ७ हजार २४६ रुपैयाँमा खरिदबिक्री भए।

मंगलबार ८ अर्ब ३२ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सोमबार ८ अर्ब ७७ करोड र आइतबार ८ अर्ब ४३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर ९.९९ प्रतिशतले बढ्यो।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो बैंकको सेयर ९.०६ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ५१ करोडको कारोबार हुँदा नगदी ग्रुपको ४१ करोड,सानिमा माइ हाइड्रोपावरको ३५ करोड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको ३१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढ्दा २१७ वटाको घट्यो। एक स्टकको मूल्य भने स्थिर रह्यो। दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। यसदिन मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक सकारात्मक देखिँदा अन्य उपसूचक राताम्मे देखिएका हुन्।

नेप्से