● बलदेव थापा
हिजो आज जस्तो छ नि, अस्ति पनि उस्तै
सदिऔँदेखि गरिबहरुको बस्ती पनि उस्तै
जुन ब्यवस्था आए पनि श्रमिकलाई के भो
सामन्त र दलालहरुको मस्ती पनि उस्तै
शक्तिशाली मालिकहरु गरिबलाई लुट्छन्
शान्ती बाड्ने सरकारी गस्ती पनि उस्तै
देशको विकास हुनुपर्ने बढ्नुपर्ने खुशी
निमुखा जनतालाई सास्ती पनि उस्तै
शासकहरु त फेरिए फेरिएन अवस्था
जनताले नै छानेका हस्ती पनि उस्तै ।